प्रभु बैंकले तनहुँको दुलेगौडामा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले एक समारोहका बीच उक्त शाखा कार्यालयको शुक्रबार उद्घाटन गरे । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये पोखरा शाखा (साविक ग्राण्ड बैंक नेपाल लि.) कार्यालयलाई दुलेगौडामा स्थानान्तरण गरिएको हो ।
मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुने र उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।



