Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकद्वारा नेष्डो समृद्ध लघुवित्तको लाभांश कटौती

२०८० बैशाख ५ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आथिृक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांश कटौती गरेको छ।

केन्द्रीय बैंकले साेमबार संस्थालाई पत्र पठाउँदै उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको १७.९३४२ प्रतिशतले हुन आउने ४ करोड ५७ लाख ३२ हजार २१० रुपैयाँबराबरको लाभांश (नगद वा बोनस तथा कर प्रयोजनका लागिसमेत) वितरण गर्न स्वीकृति प्रदान गरेको हो। योसँगै यसअघि प्रस्ताव गरेको लाभांश ५५.७४५८ प्रतिशतले घटेको छ।

गत चैत ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापुँजी २५ करोड २५ लाख रुपैयाँमा उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट ७३.६८ प्रतिशतले हुन आउने १८ करोड ७८ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

प्रस्तावित लाभांशमा ५० प्रतिशतले हुन आउने १२ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर, २० प्रतिशतले हुन आउने ५ करोड १० लाख रुपैयाँबराबरको नगद लाभांश थिए। कर प्रयोजनार्थ ३.६८ प्रतिशतले हुन आउने ९३ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको रकम संस्थाले छुट्याएको थियो।

प्रस्तावित लाभांश संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो। राष्ट्र बैंकले लाभांशमा कटौती गरेपछि नेष्डो समृद्ध लघुवित्त रुष्ट बनेको छ। राष्ट्र बैंकको यो निर्देशन आफैँले फागुन १० को परिपत्रसँग बाझिएको संस्थाले जनाएको छ।