April 17th, 2023

ब्रोकर लाइसेन्सका लागि छनोट कार्य शुरु

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका ४५ कम्पनीको छनोट कार्य शुरु गरेको छ । बोर्डले रीतपूर्वक आवेदन परे–नपरेको, आवश्यक विवरण र कागजात पुगे–नपुगेको, मापदण्डबमोजिम भए–नभएको छनोट कार्य शुरु गरेको हो ।

ब्रोकर लाइसेन्सका लागि सरकारले गत २ असोजमा ३५ दिनको समय दिएर आवेदन खुला गरेको थियो । जसमा ४५ कम्पनीले ब्रोकर लाइसेन्सको मागसहित आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ११ वाणिज्य बैंकका सहायक कम्पनी छन् ।

बैंकहरूमा हिमालयन बैंक, एनआइसी एसिया बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, सानिमा बैंक, सन्राइज बैंक र सेन्चुरी कमर्सियल बैंक रहेका छन्न् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]