Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारले साढे नौ अर्ब रुपैयाँ नयाँ ऋण उठाउँदै

२०८० बैशाख ४ गते

बैंकिङ खबर/सरकारले पुरानो १५ अर्ब २० करोड रुपैयाँ नवीकरणसहित कुल २४ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकमार्फत सरकारले सोमबार आन्तरिक ऋण उठाउन लागेको हो। सरकारले साढे नौ अर्ब रुपैयाँ नयाँ ऋण लिने छ।

राष्ट्र बैंकले सरकारका लागि ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाइदिने छ। साढे नौं अर्बको नयाँ ऋणपत्र ९१ र ३६४ दिने हो। ९१ दिने ट्रेजरी बिल २ अर्ब ५० करोडको र ३६४ दिने सात अर्बको जारी गर्न लागेको हो।

राष्ट्र बैंकले २८ दिने ट्रेजरीमार्फत पाँच अर्बको नवीकरण पनि गर्न लागेको छ। ९१ दिनेमार्फत अर्को सात अर्ब ७० करोड रुपैयाँ नवीकरण गर्ने छ। १८२ दिनेमार्फत पाँच अर्बको नवीकरण गर्न लागेको छ।