Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मेन्छियाम हाइड्रोपावरको आईपीओ बिक्री खुला

२०८० बैशाख ४ गते

बैंकिङ खबर/मेन्छियाम हाइड्रोपावर लिमिटेडको साधारण सेयर बिक्री खुला भएको छ । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा गएका र प्रभावित क्षेत्रका बासिन्दालाई सेयर बाडफाँट गरिसकेको छ।

कम्पनीले वैशाख ७ गतेसम्म सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशत सेयर जारी गर्न छुट्याएको छ।

आयोजना प्रभावितलाई छुट्याइएको ५ लाख ४२ हजार ५८३ कित्ता सेयरमध्ये ५ लाख ५ हजार ७८० कित्ता बिक्री गरेको छ। रोजगारीमा गएकाहरुलाई १० लाख ८५ हजार १६७ कित्ता छुट्याएकोमा एक लाख ८ हजार ५१७ कित्ता बिक्री गरेको छ।

यसबाहेक लगानी कोष र कर्मचारीलाई पनि वितरण गरेको छ। सबैलाई बाँडफाँटपछि उब्रिएको ९ लाख ३४ हजार ९१५ कित्ता बिक्री खुला गरेको हो। सेयरमा कम्तीमा १० कित्ता र अधिकतम १० हजार कित्ता आवेदन दिन सकिन्छ।

Ad