२०७३ कार्तिक १२ गते

यती र मिसन डेभलपमेन्ट बैंकले गरे नाफामा उल्लेख्य बढोत्तरी

yetiयती डेभलपमेण्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमाशमा ६ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा ४००.७७ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यतीले एक करोड ३२ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । 

१ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी भएको यती डेभलपमेण्ट बैंकले जगेडा कोषमा ११ करोड ५२ लाख रुपैयाँ राखेको छ । यो अवधिमा निक्षेप २७.७५ प्रतिशतले बढेर १० अर्ब ८२ करोड रुपैयाँ संकलन भएको बैंकले कर्जातर्फ ४३.८२ प्रतिशतले बढाएर ९ अर्ब १२ करोड ४१ लाख रुपैयाँ परिचालन गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ११६.९८ प्रतिशतले बढेर ११ करोड ७६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा १५.१५ प्रतिशतले वृद्धि भई ४ करोड ७८ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकले ४ करोड ४८ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । प्रोभिजनमा ३ करोड ४९ लाख रुपैयाँ राखेको बैंकको जोखिम युक्त सम्पति १३.२९ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा ४.२९ प्रतिशत रहेको छ । 

बैंकको प्रतिशेयर आम्दानी १ दशमलव १९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ३ सय ३ दशलमव ४० गुणा, प्रतिशेयर नेटवर्थ १ सय ८ दशमलव ३१ रुपैयाँ र तरलता अनुपात २४ दशमल ८४ प्रतिशत रहेको छ ।

मिसनको नाफामा १६१ प्रतिशतको बढोत्तरी
mission dev bankयो अवधिमा मिसन डेभलपमेन्ट बैंकले पनि नाफामा उल्लेख्य प्रगति गरेको छ । बैंकले चालू आवको ३ महिनामा एक करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत आवको सोही अवधिको तुलनामा १६१.११ वप्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मिसनले ६६ लाख ५१ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । 

१९  करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी भएको मिसन डेभलपमेण्ट बैंकले जगेडा कोषमा ८ करोड ६० लाख रुपैयाँ राखेको छ । यो अवधिमा निक्षेप ५७ दशमलव ६० प्रतिशतले बढेर २ अर्ब ३२ करोड रुपैयाँ संकलन भएको बैंकले कर्जातर्फ ५९ दशमलव ६६ प्रतिशतले बढाएर २ अर्ब २ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी ७५ दशमलव ५७ प्रतिशतले बढेर ३ करोड ६९ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा १ सय ६१  दशमलव १३ प्रतिशतले वृद्धि गरी २ करोड ७२ लाख रुपैयाँ पुगेको छ । 

बैंकले प्रोभिजनमा ३० लाख २८ हजार रुपैयाँ राखेको छ । बैंकको जोखिमयुक्त सम्पति १२.५९ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा ०.०३ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ८.९१ रुपैयाँ र तरलता अनुपात २५.९५ प्रतिशत रहेको छ ।