
बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहीबार महालक्ष्मी विकास बैंक ,युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
महालक्ष्मी विकास बैंकको १६ लाख ४ हजार ३५३.३१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । यस्तै युनियन लाइफ इन्स्योरेन्सको १९ लाख २८ हजार ५५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
यसैगरी पोखरा फाइनान्स लिमिटेडको पनि ४ लाख १६ हजार ३६७.९२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । फाइनन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।