
बैंकिङ खबर/सेयर लगानीकर्ताले ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न माग गरेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापनपत्र बुझाउँदै ब्रोकर कमिसन घटाउन माग गरेका हुन् ।
लगानीकर्ताहरुले डीपी चार्ज २५ बाट ५ रूपैयाँमा झार्नुपर्ने, पूँजीगत लाभकर दीर्घकालीन लगानीकर्तालाई ७.५ प्रतिशतबाट ५ प्रतिशत तथा अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशतबाट ३ प्रतितशत कायम गर्नुपर्ने माग राखेका छन् । बोर्ड अध्यक्ष हमालले लगानीकर्ताका मागका बारेमा क्रमिक रूपमा समन्वयन गरेर सम्बोधन गर्ने बताए ।
अर्थमन्त्री पनि यसमा सकारात्मक रहेको अध्यक्ष हमालको भनाइ छ । लगानीकर्ता मनोबल बढाउने गरी अर्थमन्त्रीसँग छलफल भइरहेको र नेपाल राष्ट्र बैकसँग पनि समन्वयन गर्न अर्थमन्त्री पहल गरिरहेको उनले बताए । लगानीकर्ताले मार्जिन कर्जामा १२ करोडको सीमा हटाउनुपर्ने, १५० प्रतिशत रहेको जोखिम भार १०० प्रतिशत कायम गर्न माग गरेका छन् ।
