
बैंकिङ खबर/नयाँ ब्रोकर,स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स रोक्न परेको मुद्दाको रिट खारेज भएको छ। आइतबार अनिल कुमार सिन्हा र सुष्मलता माथेमाको संयुक्त इजलासले रिट खारेज गर्ने आदेश दिएको हो।
यस अघिको पेशीमा हेर्दा हेर्दैमा परेको मुद्दा आइतबार सुनवाइ गर्दै सर्वोच्चले रिट खारेज गरिदिएको हो। गत बिहीबार अनिल कुमार सिन्हा र सुष्मलता माथेमाकै संयुक्त इजलासले उक्त मुद्दा हेर्दा हेर्दैमा राखेको थियो। रिट खारेज भएसँगै धितोपत्र बोर्डलाई सबै लाइसेन्सको प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।