२०७९ चैत्र २२ गते

दुई धितोपत्र व्यवसायीमाथि बोर्डको कारबाही

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)माथि कारबाही गरेको छ । सेबोनले धितोपत्र व्यवसायीका रुपमा काम गर्ने नागरिक लगानी कोष र नबिल इन्भेस्टमेन्ट बैंकिङ (साबिक नेपाल बंगलादेश क्यापिटल)माथि कारबाही गर्दै आर्थिक जरिवाना गरेको हो।

यी दुवैले गत आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन तोकिएको समयभित्र पेस नगरेको तथा म्याद थपका लागि सेबोनमा निवेदनसमेत पेस ढिला गरी वार्षिक प्रतिवेदन पेस गरेकोले कारबाही गरिएको सेबोनले जनाएको छ।

सेबोनले दुवै धितोपत्र व्यवसायीलाई धितोपत्रसम्बन्धी ऐन, २०६३को दफा ८२ को उपदफा (२) बमोजिम जनही १० हजार रुपैयाँ जरिवाना गरेको छ।