अरनिको डेभलपमेन्ट लिमिटेड र त्रिवेणी विकास बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासिक विवरण सार्वजनिक गरेका छन् । चालू आवको ३ महिनाको अवधिमा यी दुई विकास बैंकले नाफामा उल्लेख्य प्रगति गरेको विवरणले देखाएको छ ।
अरनिको डेभलपमेन्ट बैंकले ८१ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १२७.१८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा अरनिकोले ३५ लाख ९७ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
त्यस्तै, त्रिवेणी विकास बैंकले सो अवधिमा २ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ८०.४६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा त्रिवेणीले एक करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
२५ करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी भएको अरनिको डेभलपमेन्ट बैंकले जगेडा कोषमा १३ करोड ८८ लाख रुपैयाँ राखेको भने कर्जातर्फ ३७ दशमलव ८२ प्रतिशतले बढाएर १ अर्ब ७९ करोड ७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ८५ दशमलव ११ प्रतिशतले बढेर २ करोड ५० लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा २ सय ७२ दशमलव २२ प्रतिशतले वृद्धि भई ९८ लाख ६४ हजार रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ९० लाख २६ हजार रुपैयाँ राखेको छ । सो अवधिमा बैंकले २९ लाख ७७ हजार रुपैयाँ खराब कर्जा उठाएको छ । बैंकको जोखिम युक्त सम्पति १७ दशमलव ४९ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा १ दशमलव ६४ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १२ दशमलव ६८ रुपैयाँ (वार्षिक), मूल्य आम्दानीको अनुपात २९ दशलमव १८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५३ दशमलव ८५ रुपैयाँ र तरलता अनुपात ३७ दशमल ३९ प्रतिशत रहेको छ ।
यता, ८२ करोड रुपैयाँ चुक्ता पूँजी भएको त्रिवेणीले जगेडा कोषमा ४४ करोड ४२ लाख रुपैयाँ छुट्याएको छ भने कर्जातर्फ ४२ दशमलव २३ प्रतिशतले बढाएर ८ अर्ब ८ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५९ दशमलव ७७ प्रतिशतले बढेर ९ करोड २ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा ८५ दशमलव ८४ प्रतिशतले वृद्धि भई ३ करोड ७ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ३ करोड ७ लाख रुपैयाँ राखेको छ । सो अवधिमा बैंकले २९ लाख ८० हजार रुपैयाँ खराबकर्जा उठाएको छ । बैंकको जोखिमयुक्त सम्पति १२ दशमलव ८६ प्रतिशत रहेको छ भने निष्क्रिर्य कर्जा २ दशमलव १३ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १२ दशमलव १६ रुपैयाँ (वार्षि्किकृत), मूल्य आम्दानीको अनुपात ४१ दशलमव १९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५४ दशमलव १८ रुपैयाँ र तरलता अनुपात २२ दशमल ९७ प्रतिशत रहेको छ ।