Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ग्लोबल हाइड्रोले आइपीओ निश्कासन गर्ने, मर्चेन्ट प्रत्याभूतिकर्तामा मेगा क्यापिटल र एसबीआई

२०७९ चैत्र २१ गते

बैंकिङ खबर/ ग्लोबल हाइड्रोपावर एसोशिएट्स लिमीटेडले ५८ लाख ६० हजार कित्ता आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले १०० रुपैयाँ अंकित दरले कुल ५८ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको हो ।

आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाउँदै कम्पनीले साधारण शेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नका लागि मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडसँग मंगलबार एक सम्झौता गरेको छ ।

एक कार्यक्रमका बीच ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका प्रमुख वित्त अधिकृत पूर्णमान नापित, मेगा क्यापिटल मार्केट्स लिमिटेडका मार्केटिङ विभाग प्रमुख गिरीराज पोखरेल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनिल कुमार महर्जन समेतको उपस्थिति रहेको थियो ।

 

Ad