२०७३ कार्तिक १० गते

आशा लघुवित्तको पहिलो शाखा नुवाकोटको देवीघाटमा

news-photoआशा लघुवित्त वित्तीय संस्थाले आफ्ना पहिलो शाखा नुवाकोटको देवीघाटमा शुभारम्भ गरेको छ । सो शाखाको समुदघाटन आशा लघुवित्त वित्तीय संस्थाका सञ्चालक रामेश्वर सापकोटाले बुधबार एक समारोहका विच गरेका छन् ।

उद्घाटन कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रामबहादुर पाण्डे, संचालक निर्गुण प्रसाद भट्टचन प्रमुख, कार्यकारी अधिकृत रमेश सिंह खड्का, स्थानीय बुद्धिजीवीहरु, उद्यमी व्यवसायीहरु, समाजसेवीहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो । 

संस्थाले निकट भविष्यमा नेपाल अधिराज्यभर थप शाखाहरु विस्तार गर्ने योजना रहेको जनाएको छ ।