Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

२५ करोड चुक्ता पुँजी भएका कम्पनी एसएमईमा दर्ता हुन सक्ने(पूर्णपाठ)

२०७९ चैत्र १७ गते

बैंकिङ खबर/ धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०७९ को मस्यौदा जारी गरेको छ। बोर्डका अनुसार संगठित संस्थासँग सम्बन्धित नियामक निकायले संस्थाको जारी पूँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी धितोपत्रको सार्वजनिक निष्काशन गर्नु पर्ने व्यवस्था गरेको छ ।

नियमावली अनुसार धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले क्रेडिट रेटिङ्ग नगरेपनि हुनेछ । रेटिङ गर्न भने बाध्या पारिने छैन । आवेदकले निष्काशन गरिने सेयर मध्ये न्यूनतम २५० कित्ता खरिदको लागि दरखास्त दिनुपर्नेछ । आईपीओ निष्काशनको शेयर खरिदका लागि दरखास्त दिन सकिने अधिकतम सीमा विवरण पत्रमा उल्लेख भए बमोजिम हुनेछ ।

सङ्गठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशनमा शेयर खरिदको लागि दरखास्त आह्वान गर्दा कम्पनी सम्बन्धी प्रचलित कानूनमा भएको व्यवस्था अनुसार प्रति शेयरको अङ्कित मूल्यको ५० प्रतिशतभन्दा बढी रकम दरखास्तसाथ माग गर्न नपाउने व्यवस्था गरेको छ ।