नेपाल कृषिप्रधान देश हो । कृषिप्रधान देश भएपनि कृषि व्यवसाय राम्रोसँग अझै फस्टाउन सकेको छैन । तर कृषि व्यवसायलाई व्यवस्थित र मर्या्दित बनाउनको लागि पनि बीमा गर्न आवश्यक छ । निकै अवसर र सम्भावनाका बिचमा पनि आज कृिष पेशाप्रति यूवाको आकर्षण घट्नु भनेको कृषि लगानी सुरक्षित नहुनु नै हो ।
बीमा कम्पनीहरुको नियामक बीमा समितिले ०६९ देखि वृषि बीमा सुरु गरेको छ । नियामक निकाय बीमा समितिले निर्जबीन बीमाको व्यवसाय गर्दै आएका सबै बीमा कम्पनीलाई जिल्ला तोकेरै गाउँ–गाउँमा गएर कृषि बीमा गर्न निर्देशन समेत दिएको छ ।
कृषि बीमाले समट्ने/नसमेट्ने अवस्था
कुनै पनि प्रकारका प्राकृतिक वा मौसमी समस्याका कारण किसानले कृषिजन्य कार्य गर्दा गरेको लगानी खेर जाने अवस्थामा लगानी सुरक्षित गर्ने उपाय हो कृषि बीमा । कृषि बीमा गर्दा किसानहरुको लगानीको जोखिम कम हुन्छ । कृषि बीमाका लागि तराईमा न्यूनतम १ कठ्ठा र पहाडमा आधा रोपनी जग्गामा पशुपन्छी पालन तथा खेती गरेको हुनुपर्छ । बाली रोपियो अथवा छरियो तर बालीले फल दिएन भने त्यस्तो अवस्थामा क्षतिपूर्ति पाइँदैन । बिउको समस्या हो भने आफैँले नै कभर गर्नुपर्ने हुन्छ । सामान्य विषयहरु आफैँले व्यहोर्नुपर्ने हुन्छ । तर रोग ब्यादी, बाढी, पहिरो, चट्याङ, असिना आदीले असर गरेको छ भने त्यस्तोमा बीमाले नै कभर गर्छ ।
त्यस्तै, बीमित पशू पंक्षी वा बाली हराएमा वा चोरी भएमा, निर्धारित अवधिभित्र दाबी प्रक्रिया सुरु नगरेमा, बीमित पशू पंक्षी वा बालीको बीमाशुल्क नबुझाएको अवस्थामा वा नवीकरण गर्नुपर्ने बीमालेख समाप्त भएको ७ दिनभित्र नवीकरण गरी तोकिएको संस्थामा बीमाशुल्क प्राप्त नभएमा भुक्तानी पाइँदैन । बीमित पशु पंक्षी वा बालीको शरीरमा लगाई राखिएको सङ्केत पट्टा मृत पशुधनको शरीरमा नभेटिएमा पनि बीमा कम्पनी दाबी भुक्तानीका लागि बाध्य हुने छैन । बीमित पशू पंक्षी वा बालीको शरीरमा राखिएको सङ्केत पट्टा कुनै कारण विशेषले हराएमा सोको जानकारी तत्काल बीमक वा तोकिएको संस्थालाई नगराएमा, चरन, स्वास्थ्य उपचार र प्रजनन प्रयोजनको लागि मात्र गोठदेखि ५ किलोमिटर भन्दा बढीको दुरीमा दुर्घटना भएमा अथवा बीमकको सहमतिबीना पशूपन्छीलाई जुन प्रयोजनको लागि ल्याएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा र पन्छीमा बर्डफ्लू भएमा बिमित भुक्तानी नपाउने व्यवस्था छ ।
कसरी गर्ने कृषि बीमा ?
कृषि बीमा गर्न १७ वटा कम्पनीले अनुमति लिएका छन् । ती मध्ये आफुलाई पायक पर्ने कुनै पनि कम्पनीका अभिकर्ता वा सिधै कम्पनीको कार्यालयमा गई आफुले गरेको कृषि कार्य र लागत खर्च उल्लेख गरि फाराम बुझाउनु पर्छ । उक्त कम्पनीले पठाएको प्राविधिक टोलीको रिपोर्ट आईसकेपछि अभिकर्ताले किसानको पशुपन्छी तथा बाली विमा गरिदिन्छन् ।
कृषि बीमा गर्ने कम्पनीहरु :
कति लाग्छ खर्च ?
कृषि बीमाको क्षेत्रमा जति प्रिमियम लाग्ने हो त्यसको अनुपातमा लाग्ने ७५ प्रतिशत प्रिमियम नेपाल सरकारले अनुदान दिने र २५ प्रतिशत किसान आफैँले हाल्नुपर्ने व्यवस्था छ । अहिलेको सरकारले भ्याट छुट गरेका कारण सहज भएको छ । त्यसको मुल्यांकन पनि हुन्छ । सामान्यतयाः किसानले यसवापत त्यसको ५ प्रतिशत प्रिमियम तिर्नुपर्छ । जसअनुसार एक लाख रुपैयाँ बराबरको कृषिजन्य वस्तुको बीमा गर्दा किसानले पाँच हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । पाँच हजार बीमाशुल्क मध्ये ३७ सय ५० रुपैयाँ सरकारले अनुदान दिन्छ भने १२ सय ५० रुपैयाँ किसान आफैंले व्यहोर्नुपर्छ । एक लाख रुपैयाँको बीमा गराउने एजेन्टले बीमा शुल्क (पाँच हजार) को १५ प्रतिशत अर्थात ७ सय ५० रुपैयाँ कमिशन पाउँछ । एजेन्टले पाउने ७ सय ५० कमिशनमा मध्ये ५ सय ६२ रुपैयाँ ५० पैसा सरकारले अनुदान दिन्छ । किसानले भने १ सय ८७ रुपैयाँ मात्रै एजेन्ट कमिशन व्यहोरे पुग्ने व्यवस्था छ ।
भुक्तानी कसरी लिने ?
पशू पंक्षी वा बाली नोक्सान भएको ३ दिन भित्र कृषकले बीमा अभिकर्ता, कृषक समुह÷सदस्य संस्थाको प्रतिनिधिलाई जानकारी गराउनू पर्छ । १५ दिन भित्र प्राविधिकबाट प्रमाणित गराएको प्रमाण पत्र, सक्कल बीमालेख र सर्ज्मिन मूचूल्का पेश गरेपछि ठाउँ हेरी बढीमा एक महिना भित्र क्षतिपुर्ती उपलब्ध गराइन्छ । बीमा अवधि समाप्त भएको रहेछ भने नवीकरण गराउनुपर्छ । अन्यथा क्षतिपुर्ती पाइने छैन । तपाईको बाली नलागेमा वा अन्य कुनै समस्या आईपरेमा बीमा कम्पनीले तापाईलाई क्षति हेरेर १८ हजार सम्म भुक्तानी दिन्छ ।