Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मुक्तिनाथ विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

२०७९ चैत्र १५ गते

बैंकिङ खबर/नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको ७६ लाख ३७ हजार १९४.१५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

Ad