Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्राइम बैंकले कमायो २५ करोड मुनाफा

२०७३ कार्तिक १० गते

primeप्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३÷७४ को पहिलो त्रैमाशमा २५ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा १३.०६ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले २२ करोड पाँच लाख रुपैयाँ नाफा कमाएको थियो । 

३ अर्ब ७० करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी भएको प्राइम कमर्सियल बैंकले जगेडा कोषमा २ अर्ब ६८ लाख रुपैयाँ राखेको छ । कर्जातर्फ बैंकले २८ दशमलव ९८ प्रतिशतले बढाएर ४२ अर्ब ३४ करोड ११ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २३ दशमलव ७२ प्रतिशतले बढेर ३८ करोड २ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १८ दशमलव ४८ प्रतिशतले घटेर २५ करोड ६१ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकले १३ करोड ८३ लाख रुपैयाँ खराबकर्जा उठाएको छ । 

हाल बैंकको जोखिम युक्त सम्पति १५ करोड ७२ लाख रहेको छ भने निष्क्रिय कर्जा १ दशमलव ३२ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २७ दशमलव १० रुपैयाँ, मूल्य आम्दानीको अनुपात २४ दशलमव २८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५४ दशमलव १६ रुपैयाँ र तरलता अनुपात २७ दशमल १४ प्रतिशत रहेको छ ।

Ad