एनआईसी एशिया बैंकले मोरङ जिल्लाको पुष्पलाल चोक र उर्लाबारीमा दुई नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकका अध्यक्ष जगदीश प्रसाद अग्रवालले एक समारोहका बीच मंगलबार उक्त शाखाहरुको उद्घाटन गरे ।
नयाँ शाखाहरु पुष्पलाल चोक र उर्लावारी सहित अब बैंकको शाखा सञ्जाल ७४ पुगेको छ । बैंकले हरेक सभ्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संञ्चालन गर्ने योजना समेत अघि सारेको छ ।
बैंकको हालै सम्पन्न १९ औं वार्षिक साधारण सभाले बैंकका शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर दिने र बोनस सेयर वितरण गरेपछि कायम हुन आउने शेयरमा १५ प्रतिशत हकप्रद शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरिसकेको छ ।



