Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लगानीकर्ताको १४ खर्ब गुमाइसकेको भन्दै सरकारको ध्यानाकर्षण

२०७९ चैत्र १२ गते

बैंकिङ खबर/ सांसद् हरि ढकालले सेयरबजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता १४ खर्ब गुमाइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सेयरबजार लगातार १९ महिनादेखि ओरालोतिर रहेको बताए।

उनले भने, ’लगातार १९ महिनादेखि निरन्तर सेयरबजार ओरालो लागेको छ। १४ खर्ब गुमाइसकेका छन्। कति खर्ब गुमाएपछि सरकारले ध्यान दिने हो?’ चितवन– १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद् ढकाल आफैं पनि सेयर बजारमा सक्रिय छन्।

Ad