
बैंकिङ खबर/ थप तीन ब्रोकर कम्पनीले ब्रोकर कम्पनीको शाखा बिस्तारको लागि अनुमति पाएका छन्। शनि सेक्युरुटिज, आर्यातारा इन्भेस्टमेन्ट र नासा सेक्युरुटिजले अनुमति पाएका हुन्।
शनिले पोखरामा शाखामा खोल्ने अनुमति पाएको छ भने आर्याताराले भक्तपुरमा शाखा खोल्ने छ। यसैगरि नासाले पोखरामा शाखा खोल्ने अनुमति पाएको हो। यस अघि बोर्डले एकै पटक ११ ब्रोकर कम्पनीलाई २० ठाउँमा शाखा बिस्तारको अनुमति दिएको थियो।