Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

२०७९ चैत्र ६ गते

बैंकिङ खबर/कुमारी बैंकले ३८ हजार ६५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरु तर्क बहादुर बुडाथोकीको नाममा रहेको ५ हजार २६४ कित्ता र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३८६ कित्ता सेयर गरेर कुल ३८ हजार ६५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा मात्र आम सर्वसाधरणको लागी आवेदन खुलाइने छ ।

सेयर खरिद गर्न चाहनेले चैत ६ गते सोमबारदेखि ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय टंगालमा वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् । सेयर बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

Ad