Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से घेर्न गएका लगानीकर्ता प्रहरी नियन्त्रणमा

२०७९ चैत्र ३ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालय घेराउ गर्दै ज्ञापन पत्र बुझाउन गएका सेयर लगानीकर्ता पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्डसँग यस अघि भएका सहमतिअनुसार नेप्सेले गर्नु पर्ने कार्य गर्न माग गर्दै नेप्से कार्यालय घेर्न पुगेका लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सेयर लगानीकर्ता तीलक कोइराला, अर्जुनकुमार कोइराला र नयन बास्तोलालाई प्रहरीले पक्रउ गरेको हो । पक्राउ परेका तीनै जनालाई अहिले सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।

तिलक कोइरालाले सामाजिक सञ्चालमार्फत नेप्से कार्यालय घेर्न उपस्थित हुन आह्वान गर्दै आएका थिए । शुक्रबार नेप्से परिसरमा होलाल्ला गर्दै पुगेपछि ३ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।