March 13th, 2023

कुमारी बैंकको ३ लाख २१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले ३ लाख २१ हजार ३ सय ९४ कित्ता संस्थापक सेयरको बिक्री खुलाएको छ । बैंकले दुई संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा राखेको हो।

बैंकका संस्थापक सेयरधनी बालकृष्ण श्रेष्ठ र चन्द्रबहादुर खत्रीले आ–आफ्नो सेयर बेच्ने भएका हुन्। श्रेष्ठले बैंकको ३ लाख १६ हजार १ सय ४० कित्ता र खत्रीले ५ हजार २ सय ५४ कित्ता बिक्री गर्ने भएका हुन्।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुसार उक्त सेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापकमध्येका सेयरधनीहरुलाई दिनुपर्ने व्यवस्था छ। तसर्थ उक्त सेयर खरिद गर्न कुमारीले सुरुमा हाल कायम संस्थापक सेयरधनीहरुलाई आह्‍वान गरेको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन्।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]