बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल बैंकको बोनस सेयर सूचीकृत भएको छ। बैंकको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ दशमलव ५० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो। बोनश सेयर हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन्।