Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिभिलको सेयर हिमालयन बैंकको नाममा सूचीकृत

२०७९ फाल्गुन २५ गते

बैंकिङ खबर/ सिभिलको सेयर हिमालयन बैंकको नाममा सूचीकरण भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को फागुन २३ गतेको निर्णयबमोजिम सिभिल बैंकको सेयर हिमालयन बैंकको नाममा सूचीकरण भएको हो।

सिभिल बैंकको १०० अंकित दरका कुल ७ करोड ६५ लाख ३ हजार ९१८.४९ कित्ता साधारण सेयर हिमालयन बैंकका नाममा सूचीकृत भएको छ।

योसँगै सिभिल बैंकको सेयर अब हिमालयन बैंकको नाममा कारोबार खुलेको छ। हिमालयन बैंकले सिभिल बैंकलाई १ः०.८०२८ अनुपातमा प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको छ।

Ad