बैंकिङ खबर/ ईङवा हाइड्रोपावर लिमिटेडको सेयर बिक्री खुला भएको छ । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आजबाट साधारण सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले चैत ५ गतेसम्म सेयर जारी गर्ने भएको छ।कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइन्छ।
कम्पनीको जारी पुँजी ६० करोड रुपैयाँ छ। यसको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो। यसमा आम सर्वसाधारणको पनि हिस्सा छ। आम सर्वसाधारणलाई भने कम्पनीले केही समयपछि सेयर जारी गर्ने छ।