Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एसियन हाइड्रोपावरको आईपीओ बाँडफाड ? यसरी हेर्नुहोस् नतिजा

२०७९ फाल्गुन १४ गते

बैंकिङ खबर/ एसियन हाईड्रोपावार लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आइतबार आइ बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १४ लाख ३२ हजार २ सय २२ जनाबाट १ करोड ५५ लाख २५ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये ६ हजार ५ सय २ जनाको आवेदन रद्द भएको र १४ लाख २५ हजार ७ सय २० जना आवेदक मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथा मार्फत ६९ हजार ७ सय २० जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् । कम्पनीले ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणलाई निष्काशन गरेको हो ।

आईपीको नतिजा हेर्नका लागि

बिक्री प्रबन्धको वेबसाइट :  https://www.nmbcl.com.np

मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login

सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/

Ad