२०७९ फाल्गुन ११ गते

नाइजेरियामा पुरानो मुद्रालाई प्रतिस्थापनः बैंकहरूमा नगद अभाव

बैंकिङ खबर/ नाइजेरियामा नगद अभाव हुँदा सेवाग्राहीहरु लामो समय बैंकमा लाइन बस्न बाध्य भएका छन् । राष्ट्रपतीय चुनावअघि केन्द्रीय बैंकले देशको पुरानो मुद्रालाई नयाँ डिजाइन गरेर प्रतिस्थापन गरिएको छ । जसले गर्दा लाखौं नाइजेरियालीहरूले नगद निकाल्न लामवद्ध हुने गरेका छौं ।

नाइजेरियाको मुद्रा प्रतिस्थापन गर्ने प्रयासले सयौंलाई स्वास्थ्य उपचारको भुक्तानी गर्न पनि समस्या भएको छ । मुद्रा परिवर्तनका मुद्रा परिवर्तनको कारण नगद अभाव हुँदा धेरैको मृत्यु समेत भएको छ । उक्त देशमा फागुन २५ गते निर्वाचन हुँदैछ । नगद अभावले देशका विभिन्न भागहरूमा दंगा फैलाएको छ ।

स्थानीय सञ्चारमाध्यमले भनेका छन्, ‘बिरामीहरू उपचारविहीन छन् । किनकी तिनीहरूका परिवारहरू नगद खोज्न हिँडिरहेका छन् । बैंक खातामा जनताको पहुँच छैन । जसले ग्रामीण क्षेत्रको अवस्था झनै खराब छ ।’

नाइजेरियामा केन्द्रीय बैंकले नयाँ नोटका लागि पुराना बिलहरू परिवर्तन गर्न थालेपछि स्थानीय मुद्रा, नाइरामा मूल्यवान बैंक नोटको अभावले ग्रस्त बनेको छ । नयाँ बिलको अभावका कारण बैंकहरूले बैंकबाट झिक्ने कार्य सीमित गरेका छन् भने कतिपय व्यवसायीले पुराना नोट लिन अस्वीकार गरेकाले लामो लाइन लाग्नुका साथै व्यवसायिक गतिविधि अवरुद्ध भएको छ ।

बारम्बार इन्धन अभावले ग्रस्त देशमा राष्ट्रपति चुनाव आउन दस दिन बाँकी रहेको बेला दक्षिणपश्चिममा इबादान र बेनिन शहर र दक्षिणी राज्य डेल्टामा हिंसा भड्किएको छ ।

डेल्टा राज्यका प्रहरीका अनुसार ‘युवा-गाउँले’ ले दुईवटा बैंक र दुईवटा गाडीमा आगजनी गरेका छन्।’ बेनिन शहरमा, इडो राज्यका गभर्नर क्रुसो ओसागीका प्रवक्ताका अनुसार पुलिसले केन्द्रीय बैंकको स्थानीय कार्यालयमा आक्रमण गर्नबाट रोकेपछि विरोध प्रदर्शन भएको हो ।

इबादानमा आक्रोशित भीडले टायर बालेर सडक अवरुद्ध गरेका छन्। ओयो राज्य प्रहरीका अनुसार राज्यको राजधानीका केही क्षेत्रमा विरोध प्रदर्शन भए पनि तत्कालै नियन्त्रणमा ल्याइएको थियो। ‘केही असन्तुष्ट बैंक ग्राहकहरूले विरोध प्रदर्शन गरेका थिए,’ प्रवक्ता अडेवाले ओसिफेसोले भने ।

आक्रोशित ग्राहकले पैसा झिक्न नपाएका वा पुराना बिल फेर्न नपाएको भन्दै विरोध गरेपछि विभिन्न क्षेत्रमा अशान्ति सुरु भएको स्थानीयवासीले बताएका छन् ।

अक्टोबरमा, केन्द्रीय बैंकले अचानक बैंकनोट, तिनीहरूको रङसहित परिवर्तनको घोषणा गर्यो, पुराना बिलहरू जनवरीको अन्त्यमा मान्य हुने छैन। सत्तारुढ दलले मुद्रा परिर्वतनलाई भोट किनमेल गर्ने उपायका रूपमा औचित्य दिएको छ, तर विपक्षीले यसलाई स्रोतसाधनको अभाव र प्रचारप्रसारबाट रोक्नको लागि यस्तो कदम चालेको आरोप लगाएका छन् ।

एजेन्सीहरुको सहयोगमा