Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ सूचना

बैंकवित्तले ऋण दिँदाका सर्तअनुसार काम गरेका छैनन ?, त्यसो भए गुनासो दर्ता गर्नुहोस्

२०७९ माघ २४ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा भएका सर्तहरु पूरा भएका छैनन् भने गुनासो दर्ता गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकले गुनासो दर्ता गर्ने अनलाइन पोर्टल समेत बनाएको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनु भनेको ऋणी र ऋण दिने संस्थाबीचको सम्झौता हो । यो एक किसिमको करार हो । यसमा दुवै पक्षको सम्झौता अनुसार ब्याजदर, ऋण असुली जस्ता विषयमा नियामकीय दायरामा रही आवश्यक सर्त तोकिएको हुन्छ ।

राष्ट्र बैंकले भनेको छ,‘बैं कतथा वित्तीय संस्थाबाट ऋण लिनु भएको छ र ऋणको ब्याजदर वा भुक्तानी विधि वा ऋणसम्बन्धी अन्य कुनै पनि कार्य, ऋण लिँदाका सर्तअनुसार भए गरेको छैन भने ऋण लिएको संस्थाको वेबसाइडमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारी समक्ष गुनासो दर्ता गर्नुहोस् ।’