Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

वर्गिकरणका लागि विवरण उपलब्ध गराउन नेप्सेको निर्देशन

२०७९ माघ २३ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाहरुको वर्गीकरणका लागि आवश्यक विवरण पठाउन निर्देशन दिएको छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गर्नुपर्ने व्यवस्था भएकोले सोका लागि आवश्यक विवरण पठाउन नेप्सेले सूचित गरेको छ।

त्यस्ता विवरण पेस गर्न नेप्सेले आफ्नो वेबसाइटमा ढाँचा फाराम पनि उपलब्ध गराएको छ। विवरणहरु यही फागुन १० गतेसम्म कार्यालय समयभित्र प्राप्त हुने गरी वा लिस्टिङ शाखाको ई–मेलमार्फत उपलब्ध गराउन नेप्सेले आग्रह गरेको छ।

 

 

Ad