
बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडको १ लाख ११ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। कुमारी बैंकको १ लाख ११ हजार ६३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। संस्थापक सेयरधनी सुरेशचन्द्र तायलका नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको हो।
बिक्रीमा राखिएको सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समयसीमा तोकिएको छ। इच्छुक सेयरधनीहरु यो अवधिभित्र सेयर रजिस्ट्रार कुमारी क्यापिटलको काठमाण्डौको नागपोखरीस्थित कार्यालय वा कुमारी बैंकको काठमाण्डौको टंगालस्थित प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।