January 31st, 2023

विश्व अर्थतन्त्रमा मन्दी आउने प्रक्षेपण, नेपालको वृद्धिदर ५.१% रहने अनुमान

बैंकिङ खबर/अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२३ मा विश्व अर्थतन्त्रमा मन्दी आउने प्रक्षेपण छ । आईएमएफले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.९ प्रतिशत रहने अनुमान गरिएको हा । यसअघि विश्व बैंकले भने १.७ प्रतिशतमात्र आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो।

यस वर्ष मन्दीमा रहने विश्व अर्थतन्त्रले सन् २०२४ मा भने ३.१ प्रतिशत वृद्धिदर प्राप्त गर्ने आईएमएफले प्रक्षेपण छ । यो वर्ष विश्वको ठूला अर्थतन्त्रहरु मन्दीमा जानेछन् । जसले समग्र विश्व अर्थतन्त्र मन्दीमा आउने आईएमएफको अनुमान छ ।

आईएमएफले नेपालको आर्थिक वृद्धिदर भने ५ प्रतिशत रहने अनुमान प्रक्षेपण गरेको छ । जुन विश्व बैंकको अनुमानसँग मिल्न खोज्छ । यसअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरेको थियो । यस वर्ष माल्दिभ्स र भारतको आर्थिक वृद्धिदर ६.१ प्रतिशत, भुटानको ४.३ प्रतिशत, बंगलादेशको ६ प्रतिशत, पाकिस्तानको ३.५ प्रतिशत, श्रीलंकाको माइनस ३ प्रतिशतको वृद्धि रहने आईएमएफको प्रक्षेपण छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]