January 24th, 2023

सरकारी तीन वाणिज्य बैंक मर्जरमा जाँदा उपयुक्त हुन्छः गभर्नर

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीन वटा वाणिज्य बैंकहरु पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने बताए ।

बैंक मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था नगरेको भएपनि बैंकहरु आफैंले व्यावसायिक आवश्यकता बुझेर मर्जर गरिरहेको उनले बताए । उनले सरकारी बैंकहरुले उक्त आवश्यकता महसुस गर्न ढिलो गरिहरेको त छैनन् भन्दै प्रश्न गरे ।

उनले पछिल्लो समय निजी क्षेत्रका वाणिज्य बैंकहरुको मर्जरले सरकारी बैंक सानो हुन नखोज्दा खोज्दै पनि सानो बन्नुपर्ने अवस्था आएको भन्दै सरकारी बैंकहरुले पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताए । उनले सरकारले अहिले निजी क्षेत्रका बैंकको मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था नगरेको बताए । गभर्नर अधिकारीले निजी क्षेत्रका बैंकहरुले अहिलेको व्यावसायिक आवश्यकता बुझेर मर्जर गरिरहेको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]