Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

विवरण नबुझाउने ३ सेयर ब्रोकरलाई कारबाही

२०७९ पुष २६ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले समयमा विवरण नबुझाउने ३ सेयर ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । सनि सेक्युरिटिज (ब्रोकर–४२) , इम्पेरियल सेक्युरिटिज (ब्रोकर–४५) र त्रिशूल सेक्युरिटिज कम्पनी (ब्रोकर–२९) कारबाहीमा परेका हुन् ।

नियामकीय व्यवस्थालाई अटेर गर्दै बोर्डले मागेका विवरण तथा प्रतिवेदनसहित नियमित रुपमा त्रैमासिक आर्थिक प्रतिवेदन पेश नगर्ने तीन वटा कम्पनी कारबाहीमा परेका हुन् ।

बोर्डको सञ्चालक समिति बैठकले २४ पुसमा ३ वटै धितोपत्र दलाल व्यवसायीलाई पनि कारवाही गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । तोकिएको समयमा प्रतिवेदन पेश नगरेकोले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ८२ (२) अनुसार सनि सेक्युरिटीजलई १० हजार रुपैयाँ जरिबाना गराइएको छ ।

मासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेको इम्पेरियल सेक्युरिटिज कम्पनीलाई धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ (४) अनुसार ७५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरिएको बोर्ड स्रोतले जनाएको छ । त्रिशूल सेक्युरिटिजलाई पनि धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ (४) अनुसार ७५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।

 

 

Ad