Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सेबोनको लाइसेन्सविरुद्ध परेको मुद्दा हेर्न नभ्याइनेमा

२०७९ पुष १९ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ व्यापारिक लाइसेन्सको आवेदनको खोल्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट मंगलबार पनि हेर्न नभ्याइनेमा राखिएको छ।

उक्त निर्णयविरुद्ध परेको रिटमा मंगलबार सर्वोच्चमा पेसी तोकिएको थियो। न्यायाधीशद्वय हरिकृष्ण कार्की र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा आज पेसी तोकिएको थियो। तर, आज पनि उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ।

यसअघि गत पुस १२ गते पनि यो रिटमा न्यायाधीशद्वय हरिकृष्ण कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा पेसी तोकिएको थियो। तर, पछि यो मुद्दालाई हेर्न नभ्याइनेमा राखिएको थियो। अब अदालतले अर्को पेसी तोक्ने छ।

गत पुस ५ गते न्यायधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको संयुक्त इजलाशले यो मुद्दाको पूर्ण सुनुवाइका लागि पेस गर्ने अग्राधिकार दिने आदेश दिएको थियो। योपछि अन्तिम सुनुवाइका लागि अदालतले पेसी तोक्दै आएको थियो।

सिन्हा र मल्लाको संयुक्त इजलाशले रिट निवेदकको मागबमोजिम आदेश दिन भने अस्वीकार गरेको छ। यसअघि अल्पकालीन अन्तरिम आदेशलाई भने निरन्तरता दिइएको छ।

Ad