December 27th, 2022

आईपीओबारे जानकारी दिन गरिमा क्यापिटलको सहायता कक्ष


बैंकिङ खबर/  गरिमा क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओबारे जानकारी दिन सहायताकक्ष सञ्चालनमा ल्याएको छ।

नेपाल धितोपत्र बोर्डद्वारा जारी “धितोपत्र निष्काशन तथा बाँडफाँड (छैटौँं संशोधन) निर्देशिका, २०७९” अनुसार संगठित संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्नुअगावै सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुट्टयाइने भएको छ।

यसअन्तर्गत सार्वजनिक निष्कासनमा आवेदन दिनका लागि निम्न उल्लेखित मापदण्ड पूरा गरेको हुनुपर्दछ–

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंकमार्फत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नुपर्नेछ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट अनुमति प्राप्त निक्षेप सदस्य (डीपी)मार्फत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नुपर्नेछ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेस गरी विप्रेषण (रेमिट्यान्स) बचत खाताका लागि बैंकमार्फत सी–आस्बा रजिस्ट्रेसन नम्बर (सीआरएन) लिनुपर्नेछ।

आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा रु ५० हजार आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्नेछ। आवेदकले सार्वजनिक निष्कासन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन्।

ग्राहकको हितलाई मध्यनजर राख्दै ‘हरेक नेपाली सेयरधनी’ अभियानअन्तर्गत वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीलाई उपरोक्त विषयबारे जानकारीे प्रदान गरी सहजीकरण गर्नका लागि गरिमा क्यापिटलमा सहायताकक्ष सञ्चालनमा ल्याइएको हो।

गरिमा क्यापिटलको सहायताकक्षमा देहायबमोजिमका विशेष जानकारीका लागि कम्पनीको ल्यान्डलाइन नम्बर वा VIBER÷WHATSAPP÷ BOTIM मार्फत सम्पर्क गर्न ससकिनेछ।

१. बैंकमा रेमिट्यान्स बचत खाता खोल्नका लागि

२. डिम्याट वा हितग्राही र मेरो सेयर खाता खोल्नका लागि

३. बैंकबाट सीआरएन नम्बर लिनका लागि

४. सार्वजनिक निष्कासन (आईपीओ)मा आवेदन दिनका लागि

ग्राहकले उपरोक्त प्रयोजनका लागि वैदेशिक रोजगारी विप्रेषण ९रेमिट्यान्स० बचत खाता र हितग्राही तथा मेरो सेयर खाता गरिमा विकास बैंकको वेबसाइट garimabank.com.np मा गई वा अनलाइनमार्फत यस लिंक https://bit.ly/3hCYVQz मा क्लिक गरी खोल्न सक्नेछन्।

विस्तृत जानकारीका लागि सहायताकक्षमा कम्पनीको ल्यान्डलाइन नम्बर ०१४५२९१४९/५०, ४५१६६९१ वा तपसिलमा उल्लेखित नम्बरहरुमा सोझै वा VIBER÷WHATSAPP÷ BOTIM मार्फत सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ।

१. श्रवण दाहाल – ९८४७३७९००९

२. शशि कुइँकेल – ९८४७३७९०१०


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]