December 19th, 2022

३० प्रतिशत लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स

बैंकिङ खबर/ फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको वितरणका लागि उपलब्ध मुनाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुन आउने २१ करोड ११ लाख १२ हजार ७४६ रुपैयाँ ८८ पैसा बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले हुन आउने ४ करोड २२ लाख २२ हजार ५४९ रुपैयाँ ३७ पैसा बराबरको नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]