December 18th, 2022

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँड हुँदै

बैंकिङ खबर/ बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ आइतबार बाँडफाँड हुँदैछ । काठमाडौंको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड हुनेछ । आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको छ।

कम्पनीले गत मंसिर २१ गतेदेखि २६ गतेसम्म ५ लाख ५४ कित्ता आईपीओ बिक्री गरेको थियो। जसमध्ये ५ प्रतिशतले हुन आउने २७ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ५ लाख १५ हजार २२० कित्ता खरिदका लागि सर्वसाधारणले आवेदन दिएका छन्।

यो आईपीओमा अन्तिम दिन साँझसम्म १२ लाख १६ हजार १५३ आवेदकबाट कुल १ करोड ३८ लाख ७१ हजार २२० कित्ताका लागि आवेदन परेको छ। जुन मागभन्दा २६.९२ गुणाले बढी हो।  मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार गोलप्रथाबाट भाग्यमानी ५१ हजार ५२२ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी ११ लाख ६४ हजार ६३१ आवेदकको हात खाली हुने देखिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]