२०७३ आश्विन ३० गते

डा. रामशरण महतलाई बैंकर्स संघको सम्मान

ramsharan-mahatनेपाल बैंकर्स संघले पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई सम्मानित गरेको छ । बेलायती पत्रिका “द बैंकर” ले हरेक वर्ष सार्वजनिक गर्ने सूचीमा विश्व र एशिया प्रशान्त दुवै तर्फबाट यस वर्षका लागि पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई उत्कृष्ट अर्थमन्त्री २०१६ को घोषणा गरेकोमा एसोसिएशनले पनि डा. महतलाई सम्मानित गरेको हो । सम्मान समारोहमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरु, प्रमुख कार्यकारी अधिकृतहरु, मिडियाकर्मी तथा नेपाल बैंकर्स संघका पदाधिकारीहरु लगायतको उपस्थित थियो ।