December 13th, 2022

नेप्सेमा तीन कम्पनीको आइपीओ सूचिकृत

बैंकिङ खबर/ नेप्सेमा ३ कम्पनीको आइपीओ सुचिकृत भएको छ । आज इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र श्रीजनशील लघुवित्तको आइपीओ सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै अब बुधबारदेखि कम्पनीको शेयर कारोबार हुनेछ ।

इस्टर्न हाइड्रोको ६२ लाख कित्ता, पिपुल्स हाइड्रोको ३ करोड २० लाख कित्ता र श्रीजनशील लघुवित्तको १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सुचिकृत भएको हो । इस्टर्न हाइड्रोको शेयर EHPL पिपुल्स हाइड्रोको शेयर PHCL र श्रीजनशील लघुवित्तको शेयर SHLB सिम्बलबाट कारोबार हुने छ।

नेप्सेले इस्टर्न हाइड्रोको पहिलो कारोबारको लागि ७१ रुपैयाँ ३३ पैसादेखि २१६ रुपैयाँ ९९ पैसासम्मको सुरुवाती रेञ्ज तोकेको छ। यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्नेछ।

त्यस्तै पिपुल्स हाइड्रोको पहिलो कारोबारको लागि १०० रुपैयाँ देखि ३०० रुपैयाँ सम्मको रेञ्ज तोकिएको छ । यस रेञ्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्नेछ।

श्रीजनशील लघुवित्तको पहिलो कारोबारको लागि ३०२ देखि ९०६ रुपैयाँ सम्मको रेञ्ज तोकिएको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्नेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]