
बैंकिङ खबर/ मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्न अनुमति पाएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई मंसिर १५ गते बिहीबार सेयर निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीले कुल एक सय रुपैयाँ अंकित दरका ३५ करोड ३१ लाख रुपैयाँ मूल्य बराबरको ३५ लाख ३१ हजर कित्ता आईपीओ निष्काशन गर्न अुनमति पाएको छ । सेबोनबाट अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गर्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।