Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको सेयर कारोबार फुकुवा

२०७९ मंसिर २१ गते

बैंकिङ खबर/ नेप्सेले मर्जरका कारण कारोबार बन्द रहेको बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको सेयर कारोबार फुकुवा गरेको छ । यी दुई बैंकको सेयर कारोबार बुधबारदेखि सुरु हुनेछ ।

नेप्सेले बैंकहरुको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गरेको हो । यी दुई बैंक एक आपसमा मर्जर प्रक्रियामा रहेको कारण असार २ गतेदेखि यिनीहरुको सेयर कारोबार रोक्का रहेको थियो ।

नेप्सेले  ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार बैंकको सेयर कारोबार फुकुवा गरेको हो ।

Ad