Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेसनल लाइफको सेयरमूल्य समायोजन

२०७९ मंसिर ८ गते

बैंकिङ खबर/ नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५९९ रुपैयाँ ८० पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरेको हो ।

समायोजनपछि यसको भाउ प्रतिकित्ता ५२१ रुपैयाँ ५७ पैसा कायम भएको छ । बिहीबार यसै मूल्यलाई आधार मानेर यसको कारोबार सुरु हुनेछ ।

कम्पनीले मंसिर १८ गते वार्षिक साधारण सभा बोलाएको छ । जसका लागि कम्पनीले बिहीबार (मंसिर ८ गते) बुक क्लोज गर्दैछ । त्यसैले, आजसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Ad