२०७३ आश्विन २१ गते

गाभिँदै ओम र मनास्लु : पुँजी एक अर्ब ६७ करोड पुग्ने

mergerपोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको ओम डेभलपेमन्ट बैंक र गोर्खा जिल्लामा मुख्य कार्यालय रहेको मनास्लु बिकास बैंक एकआपसमा गाभिने भएका छन् । यी दुई बैंकले शुक्रबार मर्जर सम्झौता गरेका हुन् । 

ओम डेभलपमेन्ट बैंकले गतबर्षको कमाईबाट २९.२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बोनसपछि बैंकको पूँजी एक अर्ब ३६ करोड रुपैयाँ हाराहारीमा पुग्नेछ । ५० प्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी बढाएको मनास्लुले भने वोनस सेयर प्रस्ताव गरेको छैन । हाल ओमको चुक्तापूँजी एक अर्ब ५ करोड रुपैयाँ  रहेको छ भने मनास्लु बिकास बैंकले चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ ।

ओम डेभलपमेन्ट बैंक र मनास्लु गाभिएर बन्ने नयाँ बैंकको पूँजी एक अर्ब ६७ करोड रुपैयाँ पुग्ने ओम डेभलपमेन्ट बताइएको छ । स्वाप रसियो भने सम्पति तथा दायित्व मुल्यांकन अर्थात डिडिए पछि तय हुने भएको छ । मर्जरपछि बैंकले ३२ देखि ३५ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्ने र त्यसपछि चालु आर्थिक बर्षको कमाईबाट दिईने बोनसबाट चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउने योजना बनाएको छ ।