
बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले रिडी पावर कम्पनीलाई स्पष्टीकरण सोधेको छ । कम्पनीको लाभांश घोषणासम्बन्धी जानकारीलाई लिएर नेप्सेले रिडी पावरको सेयर कारोबार रोक्का राख्दै ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
कम्पनी सञ्चालक समितिको मंगलबार बिहान ११ बजे बसेको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। उक्त निर्णयका बारेमा कम्पनीले दिउँसो ३ः५५ बजे नेप्सेमा जानकारी गराएको थियो ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समयमा बैठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारीबाट सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराई धितोपत्रको मूल्यमा पारेको ठहर गरेको छ ।