Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

निफ्रालाई ५ अर्बको उर्जा ऋणपत्र बिक्री गर्न बोर्डको अनुमति

२०७९ मंसिर ४ गते

बैंकिङ खबर/ नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ५ अर्ब रुपैयाँको ५० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो ।

यसमध्ये २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ३० लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र २०८५–८६’ जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।