Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार फुकुवा

२०७९ मंसिर २ गते

बैंकिङ खबर/मर्जरका कारण लामो समयदेखि रोक्का भएको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले शुक्रबार एक सूचना प्रकाशित गर्दै ती दुई बैंकका आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएको जनाएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकसाताअघि सेयर कारोबार फुकुवाको अनुरोध गर्दै नेप्सेमा आवेदन दिएका थिए । सोही आवेदनका आधारमा धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा १३(१) बमोजिम गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियामा रही सेयर कारोबार रोक्का रहेका दुवै बैंकको सेयर कारोबार मंसिर १ गतेको निर्णयअनुसार फुकुवा भएको नेप्सेले प्रष्ट पारेको छ ।

अब यससँगै एकआपसमा मर्जरको प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार आगामी सातादेखि खुल्नेछ ।