Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दशैँ तिहारको विदामा पनि बैंक खुल्ला !

२०७३ आश्विन २० गते

nrbदशैँ र तिहारको विदामा पनि बैंकहरु खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सरकारी राजश्व वुझ्ने बैंकहरु दसैं र तिहारको विदाका दिन पनि खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै दसैं र तिहारमा पनि भन्सार कार्यालयहरु खुला रहने भएकाले बैकका शाखा तथा काउन्टरहरु पनि खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले भन्सार कार्यालयहरुमा राजश्व संकलन प्रयोजनले खुलेका बैंकका शाखाहरु खोल्नु पर्ने व्यवस्था गरेको हो । ती शाखाहर दसैंको नवमी र दशमी र तिहारको भाइटिकाका दिन भने बन्द गर्न पाइने छ । बाँकी विदाका दिन मात्र खोल्नु पर्ने हुन्छ ।

यो नियम भन्सार कार्यालयमा शाखा नभएका बैकहरुलाई लाग्दैन ।