Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डले रोक्यो सबै लाइसेन्स बाँड्ने प्रक्रिया

२०७९ कार्तिक १५ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज, बस्तु विनिमय बजार नयाँ ब्रोकर लाइसेन्सको निवेदन लिनेलगायत सबै प्रक्रिया अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको छ। बोर्डले मङ्गलवार एक सूचना प्रकाशित गर्दै निवेदन लिने प्रक्रिया रोकेको जनाएको छ।

बोर्डले “सम्मानित सर्वोच्च अदालतबाट गत कात्तिक ४ गते जारी भएको अल्पकालीन अन्तरिम आदेश अनुरूप गत असोज २ गते प्रकाशित सूचना बमोजिमका आवेदन लिनेलगायतका थप काम कारबाही बोर्डबाट अर्को निर्णय नभएसम्मकोलागि यथास्थितिमा राख्ने निर्णय भएको जानकारी गराइन्छ” बोर्डले सूचनामा भनेको थियो।