November 1st, 2022

भारतमा पहिलो डिजिटल करेन्सीको सुरुवात


बैंकिङ खबर/ भारतीय केन्द्रीय बैंक (आरबिआइ)ले पहिलो डिजिटल करेन्सीको सुरुवात गरेको छ । पाइलट प्रोजेक्टको रुपमा आरबिआइले डिजिटल करेन्सी ‘सिबिडिसि’ जारी गरेको हो ।

डिजिटल करेन्सीको लागि आरबिआइले एसबिआई बैंक, बैंक अफ बदौडा, युनियन बैंक अफ इन्डिया, आइसिआइसिआइ बैंक, कोटक महिन्द्रा बैंक, यस बैंक, आइडिएफसि फस्ट बैंक र एचएसबिसिलाई छनोट गरेको छ ।
भारतीय वित्त मन्त्री निर्मला सिता रमणले एक फरबरीमा पेस गरेको भारतीय बजेटमा डिजिटल करेन्सी जारी गर्ने घोषणा गरेकी थिइन्। सोही घोषणलाई मूर्त रूप दिन आरबिआइले मङ्गलवारबाट पाइलट प्रोजेक्टको रुपमा डिजिटल करेन्सीको सुरुवात गरेको हो ।

डिजिटल करेन्सी दुई प्रकारका हुनेछन् । जसमा सिबिडिसि होलसेल र सिबिडिसि रिटेल हुने छन् । मंगलबारबाट सुरु भएको सिबिडिसि होलसेल हो। जसको प्रयोग ठूला वित्तीय संस्था जस्तै बैंक, ठूला नन् बैंकिङ फाइनान्स कम्पनी र अर्का ठूला कारोबार गर्ने संस्थाहरूले गर्ने छन् । होलसेलको प्रयोग पछि रिटेल करेन्सी जारी गर्ने योजना आरबिआइको छ । जसको प्रयोग सर्वसाधारणले आफ्नो दैनिक जीवनमा प्रयोग गर्न सक्ने बताइएको छ ।

रुपैयाँ यानि डिजिटल करेन्सीको भ्यालु पनि मौजुदा करेन्सीकै बराबर हुने छ। यसलाई पनि भौतिक करेन्सी जस्तै गरी चलनचल्तीमा प्रयोग गर्न सकिने छ ।

डिजिटल करेन्सीको प्रयोग बढेसँगै सर्वसाधारणले भौतिक रुपैयाँ बोक्नु पर्ने छैन । जसको प्रयोगले क्यास लेस पेमेन्ट गर्न सकिने छ । उता भौतिक रुपैयाँ छाप्ने लागत समेत कम हुने आरबिआइको भनाई छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]